Kathmandu Press

नासु पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न समितिमा सहमति

प्रतिनिधिसभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था राखिएको थियो। तर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले यो व्यवस्था उल्टाएको हो।
नासु पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न समितिमा सहमति

काठमाडौं, भदौ १६ : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ।

बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो। 

Hardik ivf

प्रतिनिधिसभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था राखिएको थियो। तर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले यो व्यवस्था उल्टाएको हो।

यसअघि प्रतिनिधि सभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा रहेको अतिरिक्त सचिव र सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि यसैगरी उल्टाइएको थियो। 

विधेयक माथिको दफावार छलफलको क्रममा समितिमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटेको थियो। 
 
प्रकाशित मिति: १४:३६ बजे, सोमबार, भदौ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्