Kathmandu Press

डा. थापाको उम्मेदवारी विवादमा परेपछि रास्वपाको पत्रकार सम्मेलन स्थगित

थापाविरुद्ध बहुविवाहमा उजुरी परेको तथ्य बाहिरिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो। दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको थियो। 
डा. थापाको उम्मेदवारी विवादमा परेपछि रास्वपाको पत्रकार सम्मेलन स्थगित

काठमाडौं, भदौ १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि छनोट गरेका उमेदवार डा.लेखजंग थापा विवादमा परेपछि पत्रकार सम्मेलन स्थगित भएको छ। 

थापाविरुद्ध बहुविवाहमा उजुरी परेको तथ्य बाहिरिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो। दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको थियो। 

आइतबार रास्वपाको सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरिएको थियो। उनलाई उमेदवार बनाउने घोषणापछि बहुविवाहको प्रसङ्ग बाहिरिएको थियो। 

यसअघि पनि थापामाथि पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोप पनि लागेको थियो। रास्वपा बैठकमा मोबाइल लैजान निषेध गरिए पनि डा.थापाले पनि लकरमै मोबाइल राखेर बैठकमा पुगेका थिए। 

अरु उम्मेदवारले पनि मोबाइल बाहिर लकरमा राख्ने सहमति भएको थियो। तर डा.थापाले भिडिओ रेकर्ड गर्न मिल्ने चस्मा लगाएर कोठामा गएको र चस्माको माध्यमबाट बैठकको भिडिओ रेकर्ड गरेको जानकारी अरू आकांक्षीले थाहा पाएपछि उम्मेदवारी घोषणा नै विवादास्पद बन्न पुगेको छ। 
 
प्रकाशित मिति: १४:०९ बजे, सोमबार, भदौ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्