लगातारको वर्षापछि डुबानमा कञ्चनपुर, शारदा ब्यारेजमा गाडी बन्द
लगतारको वर्षापछि जोगबुढा नदीमा पानीको बहाब बढेर बस्तीमा पस्दा दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन्।
कञ्चनपुर, भदौ १६ : केही दिनअघि पश्चिम नेपालमा वर्षा भइरहेको छ। लगतारको वर्षाका कारण कञ्चनपुर डुबानमा परेको छ।
लगतारको वर्षापछि जोगबुढा नदीमा पानीको बहाब बढेर बस्तीमा पस्दा दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन्। त्यहाँबाट ७० जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको प्रहरीले जनाएको छ। त्यहाँ पनि उद्धार कार्य भइरहेको छ।
यसैगरी महाकाली नदीमा पानीको बहाव उच्च भएपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेजमा चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको छ। सोमबार बिहान नदीमा पानीको बहाब बढेर एक लाख ५१ हजार क्युसेक नाघेको छ।
कञ्चनपुरको दोधारामा आज बिहान आठ बजेतिर २४ घण्टाको अवधिमा १९९.२ मिलिमिटर वर्षा मापन भएको थियो।
प्रकाशित मिति: १२:२५ बजे, सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1771243509.jpg)







