Kathmandu Press

राजनीतिक दलमा आवद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा

उनले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणीत गर्नुपर्ने बताए। 
राजनीतिक दलमा आवद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा

काठमाडौं, भदौ १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहमा बोल्दै उनले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणीत गर्नुपर्ने बताए। 

Hardik ivf

‘राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने जुन भाष्य जबरजस्त समाजमा निर्माण भएको छ । यो भाष्यलाई गलत सावित गर्ने कुरा हामीले अरुलाई गाली गरेर सम्भव नै छैन,’ उनले भने, ‘राजनीतिक दलमा आवद्ध भएको मानिसले जहाँ–जहाँ सार्वजनिक जिम्मेवारी पाएको छ, त्यहाँ यति उत्कृष्ट काम गरेर देखाउनुपर्छ की त्यो कामले त्यो भाष्य गलत हो भन्ने प्रमाणीत हुन्छ।’ 

त्यस्तै उनले रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त गरी काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने पनि बताए।  

दुई वर्ष भित्रमा रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने गरी तयारी भइरहेको उनले जानकारी दिए।  

‘दुई वर्ष भित्रमा हामीले धोवी खोला भन्ने गरेको रुद्रमतिलाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा यसलाई लिएर जाने छौं । यही अनुसार हामीले काम गर्ने भनेर तयारी गरेको छौं। यसमा सुरुमा हामीले मुहानमा केही काम गर्नुपर्ने छ पहिलो त्यो काम गर्ने छौं,’ उनले भने, ‘त्यसैगरी समुदाय स्तरमा हामीले सरसफाईको सानो–सानो केन्द्रहरु बनाउनुपर्नेछ। त्यसको लागि पनि हामीलाई जग्गाको आवश्यक पर्छ।’ 
 

प्रकाशित मिति: २१:२३ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्