Kathmandu Press

रुपन्देही ३ मा रास्वपाले लेखजंग थापालाई उठाउने

आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 
रुपन्देही ३ मा रास्वपाले लेखजंग थापालाई उठाउने

काठमाडौं, भदौ १५ : रुपन्देही क्षेत्र नम्बर ३ मा हुने लागेको उपविर्नाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ।

आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

Hardik ivf

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने ९ जना आकांक्षी थिए। जसमा सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री थिए ।

उम्मेदवार छान्न रास्वपाले आकांक्षीहरुबीच प्राइमरी इलेक्सन पनि गरेको थियो। अनलाइनमार्फत भएको सो इलेक्सनमा थापाले सबैभन्दा बढी भोट पाएको बताइएको छ।

वरिष्ठ न्युरोलोजिस्ट डा. थापाले एमबीबीएस, इन्टरनल मेडिसिनमा र न्युरोलोजीमा एमडी गरेका छन्। उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन्।


 

प्रकाशित मिति: २०:४९ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्