Kathmandu Press

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

चीनमा एससिओ प्लसको शिखर सम्मेलनमा सहभागी हुन आएकाहरूलाई स्वागत गर्न आयोजित समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो।
चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौं, भदौ १५ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

चीनमा एससिओ प्लसको शिखर सम्मेलनमा सहभागी हुन आएकाहरूलाई स्वागत गर्न आयोजित समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको तस्बिर समाजिक सञ्जालफमा पोस्ट गर्दैका सो जानकारी दिएका छन्।

‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन्।
 

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, भदौ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्