Kathmandu Press

भारतमा लगेर पाँच नेपालीको मिर्गौला बेच्ने एउटै गिरोह रहेको खुलासा

मुख्य नाइके भनिएका भण्डारीले दिल्लीमा लगेर होटलमा राखी  खाने बस्ने सबै व्यवस्था गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ। २५ जनाको किड्नी झिक्न लगाएर पैसा लिएको उनले स्वीकारेका छन्। 
भारतमा लगेर पाँच नेपालीको मिर्गौला बेच्ने एउटै गिरोह रहेको खुलासा

काठमाडौं, भदौ १५ : भारतमा लगेर पाँच जना नेपालीको मिर्गौला बेच्ने कार्यमा एउटै गिरोह रहेको खुलासा भएको छ। 

मृगौला बेच्ने गिरोहका मुख्य नाइकेसहित थप दुई जना पक्राउ परेपछि उक्त खुलासा भएको हो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लाबाट प्रलोभनमा पारी भारतमा लगेर मृगौला बेच्ने गिरोहबारे जानकारी दिएको छ। 

गिरोहका नाइके श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पु¥याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भण्डारीका सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेको जानकारी पनि गराएको छ। भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिइएको थियो। 

प्रहरीका अनुसार उक्त समूहविरुद्ध पीडितले नै मानव बेचबिखन अनुसन्धान ब्यूरोमा चारवटा जाहेरी दर्ता गरेका छन्। त्यसपछि ब्यूरोले कारबाही अघि बढाएको हो। 

यो गिरोहले किड्नी दिन तयार हुने व्यक्तिलाई गाडीमार्फत आफैंले नयाँदिल्लीसम्म पु¥याउने गरेको बताइएको छ । मृगौला कारोबारीका गिरोहमध्ये तीन जना गत साउन २० गते नै पक्राउ परेका थिए । प्रहरीका अनुसार पीडितले दिएको जाहेरी र पक्राउ परेका आरोपीहरुको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो।

२५ जनाको किड्नी झिकेर रकम बुझे 

मुख्य नाइके भनिएका भण्डारीले दिल्लीमा लगेर होटलमा राखी  खाने बस्ने सबै व्यवस्था गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ। २५ जनाको किड्नी झिक्न लगाएर पैसा लिएको उनले स्वीकारेका छन्। 

प्रहरीका अनुसार बयानकाक्रममा भण्डारीले बसेको होटलमै चिकित्सक बोलाएर किड्नी दिनका लागि रगत जाँच लगायतका काम गर्ने गरेको पनि बयानमा खुलाएका छन्। 

त्यसपछि बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा तीनचार दिन राखेपछि नेपाल फर्काउने गरिएको बयान भण्डारीले दिएका छन्। 

साथै, उनले आफुलाई ६ लाख भारतीय रुपैयाँको प्रलोभनमा पार्ने गरिएको समेत खुलाएका छन् । पीडितमध्ये एक जनाले अस्पतालबाट ५ हजार मात्रै पाएको पनि खुलाएका छन्। 

प्रकाशित मिति: १८:११ बजे, आइतबार, भदौ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्