Kathmandu Press

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं, भदौ १५ : सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो।

सांघई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली चीन भ्रमणमा छन्। त्यसका लागि प्रधानमन्त्री ओली शनिबार चीन पुगेका थिए। उनले शनिबार नै चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गरेका थिए।
 
प्रकाशित मिति: १६:३० बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्