Kathmandu Press

नाउपाको रञ्जिता पक्षीय भेला रेशम पक्षद्वारा बहिष्कार

पार्टी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले आइतबार काठमाडौँमा केन्द्रीय समिति बैठक डाकेकी थिइन्। कान्तिपथस्थित होटल यल्लो प्यागोडामा बैठक शुरु भएको छ।
नाउपाको रञ्जिता पक्षीय भेला रेशम पक्षद्वारा बहिष्कार

काठमाडौँ, भदौ १५ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक पार्टीका संरक्षक रहेका रेश चौधरी पक्षले बहिष्कार गरेको छ। 

पार्टी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले आइतबार काठमाडौँमा केन्द्रीय समिति बैठक डाकेकी थिइन्। कान्तिपथस्थित होटल यल्लो प्यागोडामा बैठक शुरु भएको छ। 

बैठकमा पार्टीका संरक्षकसमेत रहेका चौधरी पक्षधर नेताहरू सहभागि छैनन्। रञ्जिता श्रेष्ठ पक्षधर नेताहरू मात्रै सहभागी भएका छन्। 

पार्टी सभापति रञ्जिता पक्षधर केन्द्रीय समिति बैठकमा समसामयिक राजनैतिक विषय, पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अध्यावधिक र विविध बिषय छलफलको एजेण्डामा राखिएको छ। 

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, भदौ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्