वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर भएको अर्थमन्त्रीको दाबी
पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पौडेलले सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने प्रतिबद्धता जनाए।-1756629532.jpg)
काठमाडौं, भदौ १५ : अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे।
मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए।
‘अहिलेको सरकार जुन छ। अहिलेको संसदीय अंक गणित भित्र यो भन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन। हामीले यसबीचमा राजनीतिक स्थिरताको सुनिश्चीत गरेको छौं,’ उनले भने, ‘अब सरकार कहिले फेरिन्छ भन्ने आशंका र दुबिधाबाट निस्केका छौं। इतिहास,योगदान र भविष्य भएको ठूला दुई दल मिलेर बनेको यो सहकार्य ०८४ को निर्वाचन सम्म नै जान्छ।’
उनले सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति, कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको बताउँदै त्यस तर्फ नै सरकारको ध्यान गएको बताए। पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पौडेलले सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने प्रतिबद्धता जनाए।
‘अहिलेको सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ, त्यस तर्फ नै सरकारको ध्यान छ। पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनको लागि सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने छ। गर्नुपर्ने के छ सबै गर्छ।’
पर्यटन क्षेत्रमा ट्याक्स छुटको कुरा धेरै उठ्ने गरेको बताउँदै उनले ट्याक्स छुट गरेर राज्य कसरी चलाउ हुन्छ? भन्दै प्रश्न गरे। ट्याक्स छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे।












