Kathmandu Press

दूध उत्पादक किसानको प्रदर्शनमा प्रहरी हस्तक्षेप 

दूध किसानले दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएको गुनासो राखेका छन्। 
दूध उत्पादक किसानको प्रदर्शनमा प्रहरी हस्तक्षेप 

काठमाडौं, भदौ १५ : दूध उत्पादक किसानहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि दूध उत्पादक किसान प्रदर्शनमा उत्रिएका थिए। 

दूध उत्पादक किसानमाथि प्रहरीले हस्तक्षेप गर्दा धकेलाधकेलको अवस्था उत्पन्न भएको छ। दूध किसानले दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएको गुनासो राखेका छन्। 

Hardik ivf

प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुले डीडीसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोज्दा प्रहरी हस्तक्षेप भएको हो। 

अखिल नेपाल किसान महासंघको अगुवाइमा दूध उत्पाद किसानहरुले दूधको बक्यौता रुकम तुरुन्त भुक्तानी गर’, ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर’, ‘दूग्ध विकास संस्थान किन सधैं घाटामा ?’ ‘दुग्ध उत्पादक किसान मार्न पाइँदैन’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर धर्ना र प्रदर्शन गरेका छन्। 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्