Kathmandu Press

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, वैशाख ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४ दशमलब ५८ अंकले घ....

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, वैशाख ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४ दशमलब ५८ अंकले घटेर एक हजार २०१ दशमलब ५७ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि ५ दशमलब ३५ अंकले घटेर २६० दशमलब ३२ मा पुगेको छ।

परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो। आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर ३६ लाख १३ हजार ५२३ रुपैयाँमा खरिद बिक्री भयो। कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ २५ दशमलब ६५, व्यापार १२ दशमलब ६७, होटल ३ दशमलब ३८, विकास बैंक ७ दशमलब ९२, जलविद्युत् १८ दशमलब ०३, फाइनान्स ३ दशमलब ६३, निर्जीवन बीमा ५७ दशमलब १७, उत्पादन ३४ दशमलब २२, अन्य १८ दशमलब ७६, माइक्रोफाइनान्स २३ दशमलब ९६ र जीवन बीमा उपसमूहको शेयर १२९ दशमलब ९७ अंकले घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको शेयर आठ लाख ६२ हजार ९५० रुपैयाँमा खरिदबिक्री भयो। यस्तै नेपाल बैंकको तीन लाख ९८ हजार १९० रुपैयाँ, नबिल बैंक दुई लाख ८७ हजार १७० रुपैयाँ, नागरिक लगानी कोषको दुई लाख २९ हजार ८४० रुपैयाँ, प्रभु बैंकको दुई १५ हजार २० रुपैयाँ र छिमेकी लघुवित्त विकास बैंकको शेयर ९० हजार ४५० रुपैयाँमा खरिदबिक्री भयो।

आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३/३ प्रतिशतले गुमाए। यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २ दशमलब ९९/२ दशमलब ९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २ दशमलब ९७ प्रतिशतका दरले गुमाए।

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्