Kathmandu Press

सनी लियोन ३९ वर्षमा, यस्तो छ पोर्न स्टारदेखि बलिउड यात्रा

काठमाडौं, वैशाख ३१ : चर्चित बलिउड अभिनेत्री सनी लियोन आज ३९ वर्षमा टेकेकी छन्। उनलाई बलिउड हस्तीहरुले सामाजिक सञ्जालमाफर्त शुभकामना दिइरहेका छन्।

....
सनी लियोन ३९ वर्षमा, यस्तो छ पोर्न स्टारदेखि बलिउड यात्रा
एजेन्सी

काठमाडौं, वैशाख ३१ : चर्चित बलिउड अभिनेत्री सनी लियोन आज ३९ वर्षमा टेकेकी छन्। उनलाई बलिउड हस्तीहरुले सामाजिक सञ्जालमाफर्त शुभकामना दिइरहेका छन्।

उनले पनि आज ट्वीट गर्दै शुभकामना दिने सबैलाई धन्यवाद भनेकी छन्। उनले भिडियोमार्फत सबैप्रति आभार प्रकट गरेकी छन्।

उनको बलिउडसम्मको यात्रा भने सहज रहेन्। सन् १९८१ मे १३ मा क्यानाडामा जन्मेकी सनीको बोल्ड ब्युटीमा मात्रै पहिचान सिमित छैन।

Hardik ivf

कहिले अमेरिकन पोर्न स्टार रहेकी सनी आज भने बलिउडमा स्थापित भएकी छन्। जबकी पोर्न उद्योगबाट भारतीय फिल्म उद्योगमा कदम राख्नु उनको लागि चुनौतिपूर्ण थियो। उनले सबै कठिनाई पार गरी बलिउडमा विशेष पहिचान हासिल गर्न सफल भएकी छन्।

पोर्न उद्योगमा आउनुभन्दा अघि उनी जर्मनको बेकरीमा काम गर्थिन्। यसपछि भने उनले ट्याक्स र रिटायरमेन्ट फर्ममा काम गरिन्। उनकोे नर्स अध्ययन गरेकी छिन्।

सनी आफ्नो करियरमा अघि बढाउन चाहन्थिन्। त्यसैले उनी पेन्टहाउन म्यागजिनमा जोडिन पुगिन्। म्यागजिनका पूर्वमालिक बोब गुस्योनले उनलाई थर समेत दिएका थिए। उनले पेन्टहाउ म्यागजिनको लागि फोटोसुट पनि गरिन्।

सन् २००३ मा उनी ‘पेन्टहाउस पेन्ट अफ दि इयर’मा छनोेट हुन पुगिन्। यसपछि उनी कयौं इन्टरनेसनल म्यागजिको कभमा देखिन पुगिन्।

सन् २००५ मा भने उनी पोर्न वल्र्डमा प्रवेश गरिन्। यस क्षेत्रमा प्रवेशसँगै उनले विविड इन्टरमेन्टसँग तीन वर्षको सम्झौता गरिन्। उनको पहिलो फिल्मको नाम ‘सनी’ थियो, जुन सन् २००५ मा प्रदर्शन भयो।

पोर्न उद्योगमा उनको कामले तिव्रता पाइरहेको थियो। हेर्दाहर्दै उनी चर्चित पोर्न स्टार बनिन्।

यसै क्षेत्रमा उनले डेलियल वेबरसँग भेट भयो। केहि समयपछि उनीहरुले विवाह पनि गरे।

सन् २०१३ मा सनीेले एडल्ट इन्डिस्ट्रिलाई छोडिन्। र, उनी बलिउडतिर लागिन्। उनको बलिउड यात्रा भने झन दमदार रह्यो। र, उनी ३९ वर्षमा प्रवेश गर्दा पनि दमदार भूमिका निभाइरहेकी छन्।

 

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्