यस्ताे छ सलमान र ज्याकलिनको नयाँ गीत 'तेरे बिन'
काठमाडौं, वैशाख ३१ : बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत 'तेरे बिन' आएको छ। यो गीत दर्शकले खुब रुचाएका छन्।
....
काठमाडौं, वैशाख ३१ : बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत 'तेरे बिन' आएको छ। यो गीत दर्शकले खुब रुचाएका छन्।
लकडाउनका कारण सलमान फार्म हाउसमा बसिरहेका छन्। फार्म हाउसमै गीतको सुटिन गरिएको छ।
यो गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ। यसलाई धेरैले मन पराएका छन्।
'तेरे बिन' रोमान्टिक गीत हो। यसमा सलमान र ज्याकलिनको जोडी जमेको छ।
यसमा एक बालिकाको पनि अभियन रहेको छ। उनी अभिनेत्री बलुसा डिसुजाकी छोरी सियना रबिन्सन हुन्। उनको छाेटाे अभिनय पनि दर्शकले मन पराएका छन्।
प्रकाशित मिति: ११:३२ बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार