Kathmandu Press

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटे

प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्कपम दाहाल, पराराष्ट्रमन्त्री डा.आजु राणादेउवा लगायतलाई भेट्ने कार्यक्रम छ। 
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडौं, भदौ १ : आजै बिहान काठमाडौं आईपुगेका भारतीय विदेशसचिव विक्रम विश्रीले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्।

काठमाडौं आएलगत्तै समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेटेलगत्तै प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर मिश्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्कपम दाहाल, पराराष्ट्रमन्त्री डा.आजु राणादेउवा लगायतलाई भेट्ने कार्यक्रम छ। 

भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका मिश्री भोलि पशुपतिनाथको दर्शन गरेर भारत फर्कने छन्। 

प्रकाशित मिति: १२:०२ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्