Kathmandu Press

नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री

उनी सिधै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार जाने छन्। प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ।
नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौं, भदौ १ : भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आज नेपाल आएका हुन्। 

उनी सिधै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार जाने छन्। प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो समेत दिने छन्। 

राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढा नीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने छन्। 

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई भेट्न खुमलटार जानेछन त्यसपछि भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। 

सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्। त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। 

भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेकोे छ।

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्