Kathmandu Press

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन्। 
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन्। 

उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्। 

उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’
 
प्रकाशित मिति: ११:२७ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्