Kathmandu Press

महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ,’ उनले भने।
महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन्। 

शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौंमा आयोजना गरेको ‘नेपाली कांग्रेसभित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ,’ उनले भने।

नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भने पनि देशमा भ्रष्टचार र दण्डहीनता बढेर गएको बताए। 

‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर, तर दिनानुदिन भ्रष्टाचार बढेर गएको छ। दण्डहीनता बढेर गएको छ। सुशासन त नामै छैन,’ उनले भने, ‘सिडियो र मालपोत कार्यालयमा जाँदा नै सुशासन कस्तो छ देख्न सकिन्छ। यस्तो अवस्थालाई कांग्रेसले बदल्न सकेन भने पार्टी कमजोर हुन्छ । साथै देश पनि कमजोर हुन्छ,’ उनले भने। 

उनले संसदभित्र कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको समेत बताए। कार्यक्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बका उपसभापति घनराज सुनुवार लगायतले बोलेका थिए। 
 

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, साउन ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्