Kathmandu Press

कृष्ण मन्दिर पुगे राष्ट्रपति पौडेल

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुगेका थिए। 
कृष्ण मन्दिर पुगे राष्ट्रपति पौडेल

ललितपुर, साउन ३१ : राष्ट्रपति पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुगेका थिए। 

राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ।

Photo-(1)-(29)-1755343994.jpg

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो।

Photo-(3)-(24)-1755343995.jpg

Photo-(2)-(27)-1755343994.jpg

Photo-(5)-(15)-1755343995.jpg

 

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, साउन ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्