प्रधानमन्त्रीले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना
उनले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए।
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी ओलीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए।
‘हार्दिक शुभकामना! आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस्। कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना,’ उनले लेखेका छन्।
प्रकाशित मिति: ०९:३१ बजे, शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)