पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
निगमले पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ।
काठमाडौं, साउन ३१ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ।
निगमले पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सुची जारी गरेको जनाएको छ।
अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।
यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।



-1765194974.jpg)





-1765194974.jpg)


