Kathmandu Press

खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा राजश्व चुहावट हुने गरेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न मुख्य व्यापारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिए। 
खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्रीको निर्देशन

धनुषा, साउन ३० : प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशसंग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन्।

शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा राजश्व चुहावट हुने गरेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न मुख्य व्यापारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिए। 

उनले खुला सीमानाकाको नाजायज फाइदा उठाएर अवैध गतिविधि गर्नेहरु सक्रिय रहेकाले राजश्व संकलनमा पनि कमि देखिएको बताए।

प्रधानमन्त्री ओलीले अवैध सरसामान, लागुऔषध जस्ता सामान ओसारपसार गर्नेहरु भन्दा मुख्य व्यापारीलाई नियन्त्रणमा लिइ कारवाही गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा निर्दोष मान्छे फस्ने फसाइने र दोषी उम्किने गरेको टिप्पणी आफूलाई जानकारीमा आएको सुनाए।

कुनैपनि निकाय वा कार्यालयमा कुनै निर्दोष व्यक्तिलाई अप्ठ्यारो भाग्नु नपरोस भन्ने हिसाबले कार्य गर्न सम्पूर्ण कार्यालय र निकायहरुलाई उनले सुझाव दिए।
समृद्ध नेपाल र सुखी नेपालीको धारणा पूरा गर्न सबैजनाले नयाँ तरिकाले, नयाँ ढंगले र नयाँ संकल्पका साथ काम गर्नु पर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री ओलीले संवाद, वार्ता, कानुनी प्रक्रियाबाट हुने कुरामा जोड जबरजस्ती नगर्न सबैमा आग्रह गरे।

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्