Kathmandu Press

विशेष अदालतका न्यायाधीशको सेटै सरुवा 

न्याय परिषदको शुक्रबारको बैठकको निर्णय अनुसार विशेष अदालतका ६ जना न्यायाधीश नै सरुवामा परेका हुन्। 
विशेष अदालतका न्यायाधीशको सेटै सरुवा 

काठमाडौँ, साउन ३० : भ्रष्टाचारका मुद्दा हेर्न गठिन विशेष अदालतका न्यायाधीशहरूको सेटै सरुवा गरिएको छ । न्याय परिषदको शुक्रबारको बैठकको निर्णय अनुसार विशेष अदालतका ६ जना न्यायाधीश नै सरुवामा परेका हुन्। 

विशेष अदालतको अध्यक्षमा कार्यरत न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुर उच्च अदालत, न्यायाधीश तेजनारायण सिंह राईलाई उच्च अदालत पोखरा, रामबहादुर थापालाई उच्च अदालत जनकपुरको राजविराज इजलास, मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर, रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज र विदुर कोइरालालाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा सरुवा गरिएको छ। 

Hardik ivf

सरुवामा परेका कोइराला दुई महिना अघिमात्रै विशेष अदालतमा काजमा ल्याइएका थिए। 

परिषदले विशेष अदालतको नयाँ अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई सरुवा गरी ल्याएको छ । यस्तै, सदस्यहरूमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको सरुवा भएको छ। 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्