Kathmandu Press

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

उनले विशेष गरेर श्रमिकको हित भनेको प्रतिष्ठानको हित भएको भन्दै प्रतिष्ठान र श्रमिक सबैको हितको लागि काम गर्न आजको दिनले प्रेरणा दिने बताए। 
श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

काठमाडौं, साउन ३० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान कार्यक्रममा उनले श्रमिक स्वस्थ्य भयो भने मुलुक स्वस्थ्य रहने भन्दै यसको लागि आगामी दिनमा नीतिगत परिवर्तन र अन्तर्राष्ट्रिय मान्यताको आधारमा अगाडि बढ्ने प्रयासमा मन्त्रालय रहेको बताए।

‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो  श्रमिक स्वस्थ्य भयो भने प्रतिष्ठान स्वस्थ्य हुन्छ, मुलुक स्वस्थ्य हुन्छ। सबैले आफ्नो कर्तव्य जिम्मेवारीका साथ पूरा गर्नुपर्छ । प्रतिष्ठानले जुन उदाहरण प्रस्तुत गरेको छ यस्तो काम सबै प्रतिष्ठानले गर्नुपर्छ,’ उनले भने, ‘आगामी दिनमा नीतिगत रुपमा पनि धेरै परिवर्तन गर्नुपर्ने भएको छ र अन्तर्राष्ट्रिय मान्यताको आधारमा अगाडि बढ्नुपर्ने हुन्छ। श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा छौं।’

यस्तै, उनले विशेष गरेर श्रमिकको हित भनेको प्रतिष्ठानको हित भएको भन्दै प्रतिष्ठान र श्रमिक सबैको हितको लागि काम गर्न आजको दिनले प्रेरणा दिने बताए। 

साथै, यस्ता कार्यक्रमहरुलाई प्रदेशमात्र होइन जिल्लासम्म पनि विस्तार गर्न सक्ने अवस्थामा पु¥याउने पनि उनको भनाइ छ। 
 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्