भदौको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे छलफल
‘भदौको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने छलफल भयो । आगामी दिनमा संसद कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘भदौको ४, ५ र ६ तीन दिन सभा सञ्चालन गर्ने र त्यसबीचमा केही पर्व परेकाले केही पछि गर्ने कुरा भएको छ।’-(23)-1755254025.jpg)
काठमाडौं, साउन ३० : सभामुख देवराज घिमिरेले संसदको प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
शुक्रबार सिंहदरबारमा सभामुखले पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन्।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने विषयमा छलफल भएको जानकारी दिए। भदौंको ४, ५ र ६ गते सभा सञ्चालन गर्ने निर्णय भएको उनले बताए।
‘भदौको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने छलफल भयो । आगामी दिनमा संसद कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘भदौको ४, ५ र ६ तीन दिन सभा सञ्चालन गर्ने र त्यसबीचमा केही पर्व परेकाले केही पछि गर्ने कुरा भएको छ।’
त्यस्तै संसदमा रास्वपाको विरोधको विषयमा सभामुखले पहल गरेतापनि सरकारले सुन्न नचाहेको उनले बताए। सत्ता सञ्चालन गर्ने दलहरुले माग सुनुवाई गर्न नचाहेको उनको भनाई छ।
‘विरोधको कुरामा सभामुखले निकै प्रयत्न गरिरहनु भएको छ । तर सरकारले सुन्न चाहेको छैन। सत्ता सञ्चालन गर्ने दलहरु हाम्रो माग सुनुवाई गर्न चाहनुहुन्न,’ उनले भने।




-1771421086.png)





-1771421086.png)

-1771415631.jpeg)