Kathmandu Press

समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले नेता गौतमलाई वरियताक्रममा खनालपछि सम्मानित नेताका रुपमा तेस्रो वरियता तोकेको हो। अध्यक्ष माधव नेपालले वरियता तोकेका हुन्। 
समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

काठमाडौं, साउन ३० : नेकपा एकीकृत समाजवादी (एस)ले वामदेव गौतमलाई पार्टीका सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयता दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले नेता गौतमलाई वरियताक्रममा खनालपछि सम्मानित नेताका रुपमा तेस्रो वरियता तोकेको हो। अध्यक्ष माधव नेपालले वरियता तोकेका हुन्। 

अध्यक्ष नेपालले आजै वरिष्ठ नेता गौतमलाई सोही हैषियतमा शपथ ग्रहण पनि गराए । गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय गरेको हो। 

एसको जारी बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको छ। 

रवीन्द्र बम, भगवती विष्ट, राधेश्याम गुप्ता, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, तोफा यादव र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यमा बनाइएको छ। गौतम एमालेसँग कुरा नमिलेपछि आफ्नो राष्ट्रिय समाजवादीमा समाहित भएका थिए। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्