Kathmandu Press

मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री बानियाँ, बहादुरसिंह पक्षका सांसद मन्त्रीको सूचीमा परेनन् 

मन्त्रीका लागि सांसद कञ्चनचन्द्र बादे, प्रभात तामाङ, सुरेश श्रेष्ठ, उर्मिला नेपाल, बिनु रायमाझीलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । 
मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री बानियाँ, बहादुरसिंह पक्षका सांसद मन्त्रीको सूचीमा परेनन् 

काठमाडौँ, साउन ३० : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।

मुख्यमन्त्री बानियाँले वागमती प्रदेश सरकारमा रिक्त रहेका पाँचजना मन्त्री नियुक्तिको तयारी भए पनि सहमती अनुसार बहादुरसिंह लामा पक्षका भने परेका छैनन्। 

Hardik ivf

कांग्रेसको भागमा परेका ५ जना मन्त्री नियुक्ति गरी शुक्रबारै शपथ खुवाउने तयारी गरिएको छ । बानियाँले मन्त्रीका लागि काँग्रेसबाट सबै आफु निकटको नाम राखेका छन्। 

मन्त्रीका लागि सांसद कञ्चनचन्द्र बादे, प्रभात तामाङ, सुरेश श्रेष्ठ, उर्मिला नेपाल, बिनु रायमाझीलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । 

कुन मन्त्रालय दिने भनेर टुंगो लाग्न भने बाँकी छ।  नियुक्तिपछि आजै शपथको तयारी समेत भएको छ। 

बानियाँसँग सहभती हुँदा लामा पक्षका ३ सांसदलाई मन्त्री बनाउने सहमति भएको थियो । तर उनीहरुको नाम लामाको सूचीमा छैन। 

कांग्रेस र एमालेको दुईदलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय परेको छ । कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई मन्त्री यसअघि नै नियुक्ति भइसकेका छन् । 

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्