Kathmandu Press

विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ नेपालीको मृत्यु, १५ जना अस्पतालमा

तीन दिनमा ९ नेपालीको मृत्यु भएको हो । श्रम सहचारी गिरीप्रसाद आचार्यले संचारमाध्यमलाई दिएको जानकारी अनुसार पछिल्लो ३ दिनमा ९ जना नेपालीको मृत्यु भएको हो।
विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ नेपालीको मृत्यु, १५ जना अस्पतालमा

काठमाडौँ, साउन ३० : रोजगारीका लागि कुवेत पुगेका ९ जना नेपाली कामदारको मृत्यु भएको छ। 

तीन दिनमा ९ नेपालीको मृत्यु भएको हो । श्रम सहचारी गिरीप्रसाद आचार्यले संचारमाध्यमलाई दिएको जानकारी अनुसार पछिल्लो ३ दिनमा ९ जना नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेको मेडिकल रिपोर्ट आउन भने बाँकी नै छ। 

Hardik ivf

अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको जनाइएको छ । कुवेतमा मदिरा सेवनमा प्रतिवन्ध रहे पनि कसरी सेवन गरे भनेर चासो समेत प्रकट भएको छ । मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको छ । विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर हुन्। 

मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिए पनि प्रारम्भिक रुपमा विषाक्त मदीरा सेवन कारण रहेको देखिएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको जनाएका कारण विषाक्त मदिराकै कारण नौजनाको ज्यान गएको अनुमान गरिएको छ। 

कुवेतमा विषाक्त मदिराकै कारण ९ नेपाली सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले त्यहाँको तथ्यांक सार्वजनिक गरेको बताइएको छ । सबैगरी कुल १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा छन्। विरामी परेकाहरुको कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ। 

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित रहे पनि लुकिछुपी उत्पादन गरी अवैधानिक बेचबिखन हुनेगरेको छ। कतिपयको मदिरा सवनकैक्रममा मिर्गौला फेल भएको छ। 

उनीहरुको डायलासिस चलिरहेको छ। केहीमा पूर्ण र केहीमा आंशिक दृष्टिदोष समेत देखिएको कुवेतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। 

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको पाइएको छ । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने, बहोस् हुने र कोमामा पुग्ने लक्षण देखिन्छ । अन्ततः मृत्यु समेत हुनसक्छ। मेथानोल एक विषाक्त रसायन हो । यो उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिन्छ । 

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्