Kathmandu Press

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैन : प्रधानमन्त्री ओली 

‘भ्रष्टाचारलाई हामी शून्यमा पु¥याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन। मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ,’ ओलीले भने।
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैन : प्रधानमन्त्री ओली 

काठमाडौं, साउन ३० : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

Hardik ivf

‘भ्रष्टाचारलाई हामी शून्यमा पु¥याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन। मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले कानुनको भूमिका अस्वीकार नगरे पनि केवल कानुनी कारबाहीका भरमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने तर्क गरे। 

‘कानुनले पत्ता लगाएर कारबाही गर्छ भने पनि पत्ता लगाउन गाह्रो हुन्छ। भ्रष्टाचारको अन्त्य कानुनले मात्र होइन, समाजमा नैतिक शिक्षा र मूल्यका आधारमा सम्भव हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले मोडल एजुकेशन (आदर्श शिक्षा) लाई भ्रष्टाचार नियन्त्रणको मुख्य माध्यमको रूपमा प्रस्तुत गर्दै शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा उनले डिजिटल नेपाल अभियानको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई पनि महत्वपूर्ण तत्वका रूपमा उल्लेख गरे। 
 
प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्