सुजैनले बताइन् पूर्वपति ऋतिकको लकडाउन दैनिकी
काठमाडौं, वैशाख ३० : बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खानको सम्बन्ध संधै चर्चामा रहदै आएको छ। फेरि उनीहरुको सम्बन्धका विषयमा चर्चा सुरु भएको छ।
....
काठमाडौं, वैशाख ३० : बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खानको सम्बन्ध संधै चर्चामा रहदै आएको छ। फेरि उनीहरुको सम्बन्धका विषयमा चर्चा सुरु भएको छ।
यो जोडीले सन् २०१४ मा १७ वर्ष लामो बैबाहिक सम्बन्ध टुंग्याएका थिए। सम्बन्धविच्छेद गरेर अलग भएका उनीहरु अहिले भने सन्तानका लागि साथी बनिरहेका छन्।
कोरोना भाइरसका गरिएको लकडाउनको समयमा दुवै जना सँगै बस्दै आएका छन्। सुजैन पुनः ऋतिकको घरमा आएर बसेकी छन्। उनले लेख नै लेखेर सँगै बस्दाका सरकात्मक विषयमा जानकारी गराएकी छिन्।
उनी लेख्छिन्, ‘यो परिस्थिति सुरु हुनुभन्दा पहिले नै हामीले अड्कल गरेका थियौ कि यस समयमा हामीले एकअर्काको साथमा रहनुपर्छ। यहि विचारका साथ प्रेमपूर्वक हामीले हाम्रा लकडाउनका दिन बिताइरहेका छौ।’
उनले चार जनाले लकडाउनमा कसरी दिन बिताइरहेका छौं भन्ने विषयमा थप लेखेकी छिन्, ‘हामीले राम्रो दिनलाई यस्तो तालिकामा बाँधेका छौ, ताकी हाम्रोे मन–मस्तिष्क खुशी रहोस्। यसबीच केहि न केहि काम गरिरहेका छौं, जसले हाम्रो दिन सजिलैसित रमाइलोसँग बितिरहेको छ।
दुवै जना एउटै कोठामा बसेर आ–आफूलाई मन पर्ने पुस्तक पढिरहेको पनि उनले लेखेकी छन्।
उनीहरुका दुई सन्ता छन्। उनीहरुकै लागि दुवै जनाले लकडाउनमा सँगै बस्ने निर्णय गरेको जनाएका छन्।












