Kathmandu Press

विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : अध्यक्ष दाहाल

दाहालले हालसम्म पनि विदेशी मोडेलको नक्कल गर्ने प्रवृत्तिलाई दुर्भाग्यपूर्ण भन्दै नेपाली सिप, श्रम, स्रोत र साधनलाई आफ्नै तरिकाले प्रयोग गर्नुपर्ने बताए।
विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं, साउन ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।

‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं। यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ,’ उनले भने, ‘हामीले सिर्जनात्मक ढंगले हरेक वस्तुको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय लाग्दैन।’

दाहालले हालसम्म पनि विदेशी मोडेलको नक्कल गर्ने प्रवृत्तिलाई दुर्भाग्यपूर्ण भन्दै नेपाली सिप, श्रम, स्रोत र साधनलाई आफ्नै तरिकाले प्रयोग गर्नुपर्ने बताए।

‘यदि हामीले आफ्नै मौलिक मोडेलमा आधारित राष्ट्रिय अभियान सञ्चालन गर्न सक्यौं भने नेपाललाई संसारकै सुन्दर र मौलिक विकासको नमूनाको रूपमा स्थापित गर्न सकिन्छ,’ उनले भने। 
 
प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्