Kathmandu Press

भ्रष्टाचार मुद्दामा बागमतिका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेका थापालाई विशेष अदालतले मेयर थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ।
भ्रष्टाचार मुद्दामा बागमतिका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौं, साउन २९ : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले जरिवाना सुनाउको छ। 

भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेका थापालाई विशेष अदालतले मेयर थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ।

मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई साउन २१ गते नै विशेष अदालत दोषी ठहर गरेको थियो। आज जरिवाना निर्धारण गरेको हो। 

यस्तै, विशेष अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला पनि भनेको छ। 

प्रकाशित मिति: २१:१४ बजे, बिहीबार, साउन २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्