Kathmandu Press

संघीयता, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भयो : अशोक राई

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँगको कार्यगत एकता घोषणा कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्था रहेको भन्दै खतराबाट मुक्त भइनसकेको बताए।
संघीयता, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भयो : अशोक राई
Hardik ivf

काठमाडौं, साउन २९ : जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै रहेको बताएका छन्।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँगको कार्यगत एकता घोषणा कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्था रहेको भन्दै खतराबाट मुक्त भइनसकेको बताए।

‘अहिलेको अधिकार प्राप्तीका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई  सुदृढ गर्ने, प्राप्त उपलब्धिलाई सुरक्षा गर्ने, थप उपलब्धिलाई प्राप्त गर्नको निम्ति संघर्ष गर्ने बाटो नै सही हो’ उनले भने, ‘अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै छन्। यो खतराबाट मुक्त भएका छैनौं। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरु छँदैछन्।’
 

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, साउन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्