जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता
बिहीबार एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे।-(21)-1755172296.jpg)
काठामडौं, साउन २९ : जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ।
बिहीबार एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे। उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन्।
राईले उपेन्द्र यादव नेतृत्वको जसपाबाट र महतोले लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी बनाएका थिए।
कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।
जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ। समितिमा पार्टी अध्यक्षसहित दुवै पार्टीहरूका ७/७ जना सदस्य रहने बताइएको छ।
प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)