Kathmandu Press

फास्ट ट्रयाकको काम ०८३ सालसम्म सक्न कठिन : रक्षामन्त्री

‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशंका रह्यो। ०८३ नआइकन भन्नपनि सकिदैन् । तर मेलम्चीको आयोजना लम्बिँदैन्,’ उनले भने। 
फास्ट ट्रयाकको काम ०८३ सालसम्म सक्न कठिन : रक्षामन्त्री

काठमाडौं, साउन २९ : रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन्। 

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्रयाकको काम ०८३ भित्र सक्ने सम्भावना कठिन भएको बताएका हुन्। 

Hardik ivf

‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशंका रह्यो। ०८३ नआइकन भन्नपनि सकिदैन् । तर मेलम्चीको आयोजना लम्बिँदैन्,’ उनले भने। 

उनले नेपालमा फास्ट ट्रयाकको काम गर्दा जमिन र जङगल सम्बन्धिका कानुनले अप्ठ्यारो पर्ने बताए। 

‘नेपालमा प्राय जग्गाहरु व्यक्तिको नाममा छ, समस्या जमिन र जंगल हो। जङगलको कानुन मन्त्रिपरिषदले समेत क्रस गर्न नसक्ने रहेछ। फास्ट ट्रयाकको सम्बन्धमा संशोधनको रुपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास गर्यौं,’ उनले भने, ‘तर हामीले निकुञ्जहरु बेचेर खाने भन्ने आरोप पनि आए। जङगलका समस्या सुधार हुँदा वन मन्त्रालयपनि सकरात्मक छ,’ उनले भने। 

यस्तै, प्रधानसेनापति अशोकराज सिग्देलले भने फास्ट ट्रयाकको काम ८३ प्रतिशत सकिएको बताए। 

‘समयमा सक्नुपर्छ । ०८३ चैत्र अन्तिमसम्ममा सक्नुपर्ने दायित्व छ। त्यो सक्नलाई हामी प्रतिवद्ध छौं। अहिले करिब ८३ प्रतिशत काम सकिसकेको छ। अब हुने काम छिटो हुने खालका छन्,’ उनले भने।
 
प्रधानसेनापति सिग्देलले काम सक्ने सम्भावना धेरै रहेको भन्दै नेपाली सेनाले आफ्नो काम समयमा नै सक्नेमा विश्वस्त रहन आग्रह गरे। 

आजको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षामा छलफल गरिएको थियो। 
 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, साउन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्