‘प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस्’
उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई नैतिकताको उदाहरणको रूपमा प्रस्तुत गरिन्।
काठमाडौं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन्।
उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई नैतिकताको उदाहरणको रूपमा प्रस्तुत गरिन्।
‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’ उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानवियाले पनि सकेन।’
मानव तस्करी प्रकरण मात्रै नभई न्यायपालिकामा हस्तक्षेप गरेको आरोपसमेत लगाउँदै उनले पूर्वन्यायाधीश शुसिला कार्कीको अभिव्यक्ति उद्धृत गरिन्। ‘पूर्वन्यायाधीश शुसिला कार्कीले उहाँको (गृहमन्त्रीको) न्यायपालिकामा हस्तक्षेपबारे स्पष्ट अभिव्यक्ति दिइसक्नुभएको छ,’उ नले भनिन्।
प्रधानमन्त्रीको ‘शुसासन’ सम्बन्धी दावीप्रति प्रश्न उठाउँदै सांसद कार्कीले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको तर्क गरिन्।
‘पुराना काण्डहरूको छिनोफानो नहुँदै नयाँ–नयाँ ‘लिचिबारी काण्ड’, ‘विधेयक छेडछाड काण्ड’, ‘फर्जी कार्यक्रम र विदेश भ्रमण काण्ड’ एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्,’ उनले भनिन्।
सांसद कार्कीले प्रधानमन्त्रीलाई ‘शुसासन’को भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको आचरण, काम र सम्पत्ति छानबिन गर्न र सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरिन्।
‘शुसासनको भाषण दिनुभन्दा पहिले आफ्ना मन्त्रीहरूको काम, आचरण, सम्पत्ति जाँच गर्नुहोस् र केही नछुटाएर सार्वजनिक गर्नुहोस्,’ उनले भनिन्।




-1771421086.png)





-1771421086.png)

-1771415631.jpeg)