कैलालीका सिडिओ हमाल गृह मन्त्रालय तानिए
हमाल गृह मन्त्रालय तानिएपछि दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ।
काठमाडौँ, साउन २९ : कैलाली कारागारमा भएको झडपको घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल गृह मन्त्रालयमा तानिएका छन्।
हमाल गृह मन्त्रालय तानिएपछि दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलालीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ।
गत शुक्रबार राति कारागारमा ब्लक ए का कैदीविच भएको हिंसात्मक आक्रमणमा एकजना कैदीको ज्यान गएको थियो। धनगढीका ४० वर्षीय भारत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ कैदी घाइते भएका थिए।
हिंसात्मक झडपको घटनापछि कैलाली कारागारका जेलर वसन्त खत्रीको पनि सरुवा भएएको थियो। खत्रीको ठाउँमा जालन्धर भुसाल नयाँ जेलर बनेर आएका थिए। कारागारमा भएको झडपमा सुरक्षा कमजोरी देखिएपछि सिडिओ र जेलर दुबैको सरुवा भएको हो।
कारागारमा हिंसात्मक घटना सुरक्षा निकायका प्रमुखले पटकपटक जेलको अनुगमन गरे पनि हिंसात्मक झडपमा ज्यान समेत गएपछि यो बिषयलाई गृह मन्त्रालयले गंभिर रुपमा हेरेको छ।




-1771421086.png)





-1771421086.png)

-1771415631.jpeg)