Kathmandu Press

प्रधानन्त्री ओलीले बेइजिङमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई भेट्ने 

ओली बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेगरी आगामी १४ भदौ देखि १८ भदौसम्म चीन भ्रमणमा जान लागेका हुन्। 
प्रधानन्त्री ओलीले बेइजिङमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई भेट्ने 

काठमाडौँ, साउन २९ : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जाँदै छन्। 

ओली बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेगरी आगामी १४ भदौ देखि १८ भदौसम्म चीन भ्रमणमा जान लागेका हुन्। 

Hardik ivf

१५–१६ भदौमा तियान्जिनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने संभावना रहेको जनाइएको छ। 

उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागि हुँदैछन् । सोहीक्रममा ओलीसहित त्रिपक्षीय भेट हुन थालेको हो। 

चीन र भारत दुवै एससीओका सदस्य राष्ट्र हुन् भने नेपाल एससीओमा ‘डायलग पार्टनर’ का हैसियतमा छ। १७ भदौमा बेइजिङमा हुने ‘मिलिटरी परेड’ मा पनि ओली सहभागि हुने कार्यक्रम छ। 

परराष्ट्र मन्त्रालय स्रोतले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने संभावना बलियो रहेको जनाएको छ । 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, साउन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्