अब प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणको आवश्यकता : सभापति देउवा
अब हामी सबै मिलेर–प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ,’ उनले भने।
काठमाडौँ, साउन २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणको आवस्यकता औंल्याएका छन्।
नेपाली कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको सभापति देउवाले बताए।
नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो भनाई राखेका हुन्।
अब हामी सबै मिलेर–प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ,’ उनले भने।
देउवाले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको पनि बताए । यस्ले समयको बचत गरेको भनाई उनको थियो । सूचना–प्रविधिको विकास हुनु धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा नकारात्मक असर पनि पु¥याएको देउवाको भनाई छ । यसतर्फ नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने भनाई देउवाले राखे।
‘डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ,’ देउवाले भने।
नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज आएर नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको स्मरण पनि देउवाले गराए।




-1771421086.png)





-1771421086.png)

-1771415631.jpeg)