Kathmandu Press

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

भदौ १५ र १६ गते बेइजिङमा हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली १४ गते चीन जाने बताइएको छ। 
प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

काठमाडौं, साउन २९ : प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने भएका छन्। 

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन जान लागेका हुन्। 

भदौ १५ र १६ गते बेइजिङमा हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली १४ गते चीन जाने बताइएको छ। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्ने बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने यो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन्। 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, साउन २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्