Kathmandu Press

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

अहिले सरकार स्थीर छ, त्यसैले स–साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनले राखे। 
विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं, साउन २८ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन्।  

काठमाडौंमा आज स्वावलम्बन विकास केन्द्र ३४औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताएका हुन्। 

अहिले सरकार स्थीर छ, त्यसैले स–साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनले राखे। 

कार्यक्रममा स्वाबलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ।

सञ्चार मन्त्री गुरुङले २ लाख रुपैयाँको उक्त पुरस्कार संस्थालाई प्रदान गरे । त्यस्तै, २ लाख रुपैयाँ राशीको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ। 

प्रकाशित मिति: १९:१७ बजे, बुधबार, साउन २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्