Kathmandu Press

माओवादी केन्द्रका नेता पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पुरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।
माओवादी केन्द्रका नेता पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

काठमाडौँ, साउन २८ : सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा माओवादी केन्द्रका नेता गगन पुरी सहित ९ जनालाई विशेष अदालतले बुधबार भ्रष्टाचारी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पुरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। 

Hardik ivf

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपसहित अख्तियारले नेता पुरीसहित नापी र मालपोतका कर्मचारी, जग्गाधनी, बिचौलिया लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

पुरी यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भइसकेका व्यक्ति हुन्। अदालतले व्यक्तिका नाममा गएको जग्गा समेत जफत गर्ने निर्णय सुनाएको छ। 

दोषी ठहर भएका उनीहरूलाई एक वर्षदेखि ३ महिना कैद सजाय अनि १८ लाख देखि १८ हजारसम्म विगो र जरिवाना भराउने फैसला भएको छ। 

 

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्