चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न अदालतको आदेश
न्यायाधीश खिमानन्द भुसालको इजलासले विहीबार चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
काठमाडौँ, साउन २८ : गुण्डा नाइकेका रुपमा परिचित मिलन गुरुङ भनिने चक्रे मिलनलाई काठमाडौं जिल्ला अदालतले ३० हजार धरौटीमा छाड्न आदेश भएको छ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले विहीबार चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अभियुक्त चक्रे मिलन र राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ। अरु तीन जनालाई लाई २० हजार धरौटीमा छाड्न आदेश भएको भने छ । बाँकी १४ जनालाई १० हजार धरौटीमा छाड्न आदेश भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । गत १५ साउनमा उनीहरू पक्राउ परेका थिए।
प्रकाशित मिति: १७:५५ बजे, बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











