Kathmandu Press

निर्वाच आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

पदाधिकारी तथा सदस्य हेरफेरका लागि भन्दै रास्वपाले दिएको निवेदनका आधारमा अध्यावधिक निर्णय भएको हो।
निर्वाच आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

काठमाडौँ, साउन २८ : निर्वाचन आयोगको बुधबारको बैठकको निर्णय अनुसार रास्वपाको केन्द्रीय समिति अध्यावधिक गरिएको छ। 

पदाधिकारी तथा सदस्य हेरफेरका लागि भन्दै रास्वपाले दिएको निवेदनका आधारमा अध्यावधिक निर्णय भएको हो। 

रास्वपा महामन्त्री र प्रवक्ताको दाबी गरेका मुकुल ढकालको रिट सर्वोच्चले खारेज गरिदिएपछि आयोगले रास्वपाको निर्णय अध्यावधिक गरेको हो। 

निर्णय अनुसार सभापति रवि लामिछाने, उपसभापतिमा डोलप्रसाद आर्याल र स्वर्णीम वाग्ले छन् भने महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, विपीन कुमार आचार्य सह–महामन्त्री छन्। 

कोषाध्यक्षमा लिमा अधिकारी र सह–कोषाध्यक्षमा वसुमाया तामाङ छन्। प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् ।

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, साउन २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्