निर्वाच आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक
पदाधिकारी तथा सदस्य हेरफेरका लागि भन्दै रास्वपाले दिएको निवेदनका आधारमा अध्यावधिक निर्णय भएको हो।
काठमाडौँ, साउन २८ : निर्वाचन आयोगको बुधबारको बैठकको निर्णय अनुसार रास्वपाको केन्द्रीय समिति अध्यावधिक गरिएको छ।
पदाधिकारी तथा सदस्य हेरफेरका लागि भन्दै रास्वपाले दिएको निवेदनका आधारमा अध्यावधिक निर्णय भएको हो।
रास्वपा महामन्त्री र प्रवक्ताको दाबी गरेका मुकुल ढकालको रिट सर्वोच्चले खारेज गरिदिएपछि आयोगले रास्वपाको निर्णय अध्यावधिक गरेको हो।
निर्णय अनुसार सभापति रवि लामिछाने, उपसभापतिमा डोलप्रसाद आर्याल र स्वर्णीम वाग्ले छन् भने महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, विपीन कुमार आचार्य सह–महामन्त्री छन्।
कोषाध्यक्षमा लिमा अधिकारी र सह–कोषाध्यक्षमा वसुमाया तामाङ छन्। प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् ।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












