Kathmandu Press

कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत निर्देशन दिइन्।
कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, साउन २८ : कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत निर्देशन दिइन्। 

Hardik ivf

‘कैलालीको परिसरभित्र २०८२ साल साउन २३ गते घटित घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध हुने आवश्यक प्रबन्ध गर्न, देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन र कारागार प्रशासनलाई थप जिम्मेवार बनाइयोस्,’ उनले भनिन्, ‘कैदीबन्दीहरुलाई श्रम र उत्पादनमा जोड्ने जस्ता विषयहरू सहितको आवश्यक रणनीतिहरू तय गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइन्छ।’

त्यस्तै प्रत्येक प्रदेशमा नमुना कारागार निर्माण गर्न सरकारलाई समितिको निर्देशन छ। क्षमताभन्दा बढी कैदीबन्दी राख्न नपर्ने अवस्था सुश्चित गर्न, कारागारहरूको सुरक्षा अवस्थालाई प्रविधिमैत्री सक्षम तथा सबल बनाउन र देशभरका कारागारहरूलाई मानवअधिकारमैत्री बनाउँदै सुधार गृहको रूपमा विकास गर्न  निर्देशन दिने निर्णय भएको पनि उनले सुनाइन्। 

 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्