Kathmandu Press

माओवादीप्रति प्रधानमन्त्री ओलीको छेडखानी– हल्ला पिटिरहने, सरकार नढलेपछि रुचि छैन भन्न पनि भ्याइहाल्ने  

‘सरकार बनाउने संसदको गणितले हो। बलियो संसदीय गणितमा उभिएको सरकार आज नै ढल्छ। भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने, अनि नढलेपछि त्यति रुचि छैन। यो सरकारतिर हाम्रो भन्न पनि भ्याउने,’ उनले भने। 
माओवादीप्रति प्रधानमन्त्री ओलीको छेडखानी– हल्ला पिटिरहने, सरकार नढलेपछि रुचि छैन भन्न पनि भ्याइहाल्ने  

काठमाडौं, साउन २८ : संसदमा संवोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रमाथि छेडखानी गरेका छन्। 

ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको भन्दै प्रश्न उठाए।

प्रधानमन्त्री ओलीले संवोधनकाक्रममा सरकार संसद्को गणितले बनाउने बताउँदै नढल्ने अवस्था आएपछि ‘सरकारतिर रुचि छैन’ भनेको भन्दै माओवादीप्रति छेडखानी गरेका हुन्। 

‘सरकार बनाउने संसदको गणितले हो। बलियो संसदीय गणितमा उभिएको सरकार आज नै ढल्छ। भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने, अनि नढलेपछि त्यति रुचि छैन। यो सरकारतिर हाम्रो भन्न पनि भ्याउने,’ उनले भने। 

प्रधानमन्त्री ओलीले २०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि जाने पनि बताए। उनले प्रतिपक्षी दलहरुप्रति लक्षित गर्दै अस्थिरताको पक्षपोषण के का लागि ? भन्दै प्रश्न पनि गरे। 

अस्थिरताको जतिसुकै चाहाना राखे पनि आगामी २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि लैजान सहमति गरेको भनाई ओलीको छ। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्