Kathmandu Press

भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यमाथि साढे २४ लाख घुसको आरोप 

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी उक्त जग्गालाई मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने भन्दै घुस रकम लिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 
भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यमाथि साढे २४ लाख घुसको आरोप 

काठमाडौं, साउन २८ : भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यमाथि २४ लाख ५० हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा मुद्दा दर्ता भएको छ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी उक्त जग्गालाई मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने भन्दै घुस रकम लिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रमुख मालपोत अधिकृत आचार्यसँगै कार्यालय सहयोगी टिकाराम राउतमाथि पनि घुसको अभियोग लगाइएको छ। अख्तियारले यसअघि आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइल डिभाइस र २४ लाख पचास हजार घुस रहकम सहित पक्राउ गरी हिरासतमा लिएको थियो। 

अख्तियारको अनुसन्धानबाट आचार्य र राउतसमेतको मिलेमतोमा सेवाग्राहीसँग घुस खाएको तथ्य खुलेको छ। 

साबिक चाँगुनारायण गाविस–५ ख मा क्षेत्रफल १४–४–०–० जग्गाको मोही बाँडफाँड नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिने नाममा घुस लिएको पुष्टि भएको भनाई अख्तियारको छ। 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्