गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाए पनि फरक पर्दैन : सांसद सिंह
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे।
काठमाडौं, साउन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आए पनि डराउन नपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे।
उनले बदमासी गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे।
‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ। राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्छेहरुको मिलिमत्तोमा पटक–पटक पैसा असुली धन्दा निरन्तर चलिरहेको छ,’ उनले भने, ‘त्यसैले उच्च स्तरको छानबिन समिति होस् भन्दै माग राख्दै आएको छ, उच्च स्तरीय आयोग बनाउन कस्ले रोकेको छ। यो सदनका सम्पूर्ण माननियसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा यो छानबिन समिति गर्रौँ यदी बदमासि यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ। जस्ले बदमासि गरेको छैन भने जस्तो सुकै छानबिन आयोग बनाएपनि के फरक पर्छ।’



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)