Kathmandu Press

राप्रपाको युवा संगठनको अधिवेशनमा नाराबाजी र हात हालाहाल

अधिवेशनको उद्घाटन समारोहमा दुई समूहका युवाहरू हातहालाहालमा उत्रिएपछि उद्घाटनका लागि पुगेका अध्यक्ष लिङदेनले अधिवेशन स्थगनको सूचना सुनाएर समारोहबाट बाहिरिएका छन्। 
राप्रपाको युवा संगठनको अधिवेशनमा नाराबाजी र हात हालाहाल

काठमाडौं, साउन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा बुधबार हात हालाहाल भएको छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा.धवलशम्शेर राणा पक्षका युवाहरूबीच हातहालाहाल र होहल्ला भएको हो।

अधिवेशनको उद्घाटन समारोहमा दुई समूहका युवाहरू हातहालाहालमा उत्रिएपछि उद्घाटनका लागि पुगेका अध्यक्ष लिङदेनले अधिवेशन स्थगनको सूचना सुनाएर समारोहबाट बाहिरिएका छन्। 

राणापक्षका युवाहरूले होहल्लावित लिङ्देनविरुद्ध नाराबाजी गरे। हातहालाहालपछि अप्रिय घटना हुन नदिनका लागि अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

राणा पक्षले भने होहल्ला र तनावका विच समिति गठन भएको घोषणा गरेको छ। राणा पक्षले निर्वाचन समिति एकलौटी बनाएको हुँदा विवाद उत्पन्न भएको बताएको छ। 

यस्तै, निर्वाचन कार्यतालिका सार्वजनिक र प्रतिनिधि नै यकिन नगरी अधिवेशन गर्न लागिएको भनाई समेत राणा पक्षधरको छ। 
 
प्रकाशित मिति: १४:१२ बजे, बुधबार, साउन २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्