Kathmandu Press

वरिष्ठ मुटु रोग चिकित्सक डा.रामेश कोइरालाले दिए राजीनामा

डा. कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ बताउँदै राजीनामा दिएका हुन्। आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएको उनले बताएका छन्। 
वरिष्ठ मुटु रोग चिकित्सक डा.रामेश कोइरालाले दिए राजीनामा

काठमाडौं, साउन २८ : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटु रोग चिकित्सक डा.रामेश कोइरालाले राजीनामा दिएका छन्।

डा. कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ बताउँदै राजीनामा दिएका हुन्। आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएको उनले बताएका छन्। 

उनी कार्डियोभास्कुलर विभाग प्रमुख एवम् वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रुपमा कार्यरत थिए। विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताएका छन्। उनले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन्।

डा. कोइरालाले राजीनामा दिए पनि केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।

‘शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु,’ डा.कोइरालाले भनेका छन्। 

उनी छोरीसँग भेट गर्ने भन्दै ४१ दिनको घरायसी बिदा मागेर अमेरिका गएका थिए। त्यहीँबाट राजिनामा पठाएका हुन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका उनले जिम्मेवारी नपाएपछि असन्तुष्ट बन्दै आएको जनाइएको छ। 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्